सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्टबीच एक्सिलेन्स पार्टनरको सम्झौता

बुधबार, १४ साउन २०८२

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको दोस्रो संस्करणलाई लक्षित गर्दै सुदूरपश्चिम रोयल्सले उद्योग जगतको चर्चित कम्पनी मार्भल टेक्नोप्लास्ट प्रालिसँग ‘एक्सिलेन्स पार्टनर’को रुपमा सहकार्य गरेको छ।

साझेदारी सम्बन्धी सम्झौतामा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र मार्भल टेक्नोप्लास्टका उपाध्यक्ष पवनकुमार सान्चेतीले हस्ताक्षर गरेका हुन।

सम्झौतालगत्तै सीईओ खड्काले मार्भल टेक्नोप्लास्टसँगको सहकार्यले नेपाली क्रिकेटको स्तरोन्नतिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै, “यो सहकार्यले सुदूरपश्चिम रोयल्सलाई थप पेशेवर र प्रतिस्पर्धी बनाउन ऊर्जा मिलेको छ,” भने ।

त्यस्तै, उपाध्यक्ष सान्चेतीले एनपिएलजस्तो राष्ट्रिय स्तरको प्रतिष्ठित लिगमा सहभागी हुन पाउनु गौरवको विषय भएको उल्लेख गर्दै नेपाली क्रिकेटको दिगो विकासमा कम्पनीको योगदान निरन्तर रहने बताए।

यस सहकार्यलाई नेपाली क्रिकेटमा व्यावसायिक लगानीको नयाँ उदाहरणको रुपमा हेरिएको छ। एनपिएलको दोस्रो संस्करण आगामी महिना सुरु हुँदैछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार