राष्ट्रप्रमुख भइसकेपछि राजनीतिमा फर्किने सोच कल्पनातीतः एमाले महासचिव शंकर पोखरेल

बुधबार, १४ साउन २०८२

काठमाडौं : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले दुई कार्यकालसम्म राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी व्यक्तिले फेरि सक्रिय राजनीतिमा फर्किने सोच राख्नु कल्पनै गर्न नसकिने बताएका छन्।

बुधबार राजधानीमा आयोजित जिफन्टको १२औं प्रतिनिधि परिषद् बैठकमा ट्रेड युनियन आन्दोलन र नेपालको समसामयिक राजनीतिका विषयमा एक घण्टा लामो प्रशिक्षण दिँदै पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता प्रति अप्रसन्नता व्यक्त गरे।

पोखरेलका अनुसार पार्टीको नवौं केन्द्रीय समिति बैठकले भण्डारी सम्मानित जीवन यापनमा रहने निष्कर्ष निकालेको थियो। "अब उहाँ राजनीतिमा फर्कनुहुन्छ भन्ने कल्पना हामीले गरेका थिएनौं, तर त्यसो नहुँदो रहेछ," पोखरेलले भने।

पूर्वराष्ट्रपतिको पछिल्लो गतिविधिप्रति संकेत गर्दै पोखरेलले धैर्य र अनुशासनको अभाव देखिएको टिप्पणी गरे। 

महासचिव पोखरेलले पार्टीले पहलकदमी र प्रतिस्पर्धा आधारित नीतिको अभ्यास गर्दै आएको र लोकतान्त्रिकरणको मूल थ्रस्टबाट विचलन नभएको पनि बताए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार