राजस्व अनुसन्धान विभागको महानिर्देशकमा चिलुवाल नियुक्त

विहीबार, १५ साउन २०८२

काठमाडौं : राजस्व अनुसन्धान विभागको महानिर्देशकमा तीर्थराज चिलुवाल नियुक्त भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सहसचिव चिलुवाललाई बुधबार महानिर्देशकमा नियुक्त गरेको हो। 

तत्कालीन महानिर्देशक चण्डीप्रसाद घिमिरे गत असारमा निवृत्त भएपछि उक्त पद रिक्त थियो। चिलुवाल यसअघि आन्तरिक राजस्व विभागमा उपमहानिर्देशक थिए।

उनले वाणिज्य विभागको महानिर्देशक, राजस्व अनुसन्धान विभागको निर्देशक, इटहरी अख्तियार प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायत पदमा रहेर महत्वपूर्ण  जिम्मेवारी सम्हालिसकेका छन्।

राजस्व विभागलाई राजस्व चुहावट मात्र नभई, सरकारको विदेशी विनिमयसम्बन्धी कसुरको सम्बन्धमा जाँचबुझ र अनुसन्धान गर्ने अधिकारसमेत रहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार