काठमाडौँ : नेपाल आयल निगमले इन्धनको मूल्यमा नयाँ समायोजन गर्दै उपभोक्तालाई केही राहत र केही भार थप्ने निर्णय गरेको छ। राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटबढ गरिएको हो।
नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँले सस्तो भएको छ। तर, डिजेल र मट्टितेल दुवैको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ। त्यसैगरी, आन्तरिक उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य पनि प्रतिलिटर ३ रुपैयाँले बढाइएको छ।
अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य समेत उल्लेखनीय रूपमा बढाइएको छ। काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलमा बिक्री हुने हवाई इन्धन प्रति किलो लिटर २१ अमेरिकी डलरले महँगिएको निगमले जनाएको छ।
निगमले मूल्य समायोजन अन्तर्राष्ट्रिय बजारको मूल्य र आपूर्ति सन्तुलनका आधारमा नियमित रूपमा गरिने स्पष्ट गर्दै उपभोक्ताले नयाँ मूल्यअनुसार सेवा पाउने जानकारी दिएको छ।
प्रतिक्रिया