मोरङ : पूर्वाञ्चल विश्वविद्यालयले रिक्त रहेका तीन प्रमुख सङ्कायमा नयाँ डिनहरूको नियुक्ति गरेको छ। विश्वविद्यालय प्रशासनले आइतबार कला, शिक्षा तथा कानुन; विज्ञान तथा प्रविधि; र इञ्जिनियरिङ सङ्कायमा डिन नियुक्त गरी आजै पदभार ग्रहण गराएको हो।
कला, शिक्षा तथा कानुन सङ्कायको डिनमा जनसंख्या विकास केन्द्रका सह–प्राध्यापक डा. कोमलप्रसाद दुलाल नियुक्त भएका छन्। उनले २२ वर्षको प्राज्ञिक अनुभवका आधारमा विश्वविद्यालयको शैक्षिक उन्नयन र गरिमा अभिवृद्धिमा योगदान पुर्याउने प्रतिबद्धता जनाएका छन्।
विज्ञान तथा प्रविधि सङ्कायको डिनमा पूर्वाञ्चल विश्वविद्यालयकै आङ्गिक क्याम्पस, कलेज अफ साइन्स एन्ड टेक्नोलोजीमा कार्यरत प्रा.डा. पवनकुमार झा नियुक्त भएका छन्। उता, इञ्जिनियरिङ सङ्कायको डिनमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत पुल्चोक इञ्जिनियरिङ क्याम्पसका प्रा.डा. भोलानाथ शर्मा घिमिरे चयन भएका छन्।
पदभार ग्रहण कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलिया र रजिष्ट्रार प्रा.डा. कल्याणी मिश्र त्रिपाठीले नवनियुक्त पदाधिकारीहरूलाई शुभकामना दिँदै उहाँहरूको कार्यकालमा विश्वविद्यालयले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे।
प्रतिक्रिया