प्रिज्मा एड्भर्टाइजिङले सिंगापुरमा जित्यो ‘ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड २०२५’

आइतबार, १८ साउन २०८२
prijma

काठमाडौँ : प्रिज्मा एड्भर्टाइजिङले सिंगापुरमा ‘ब्रान्डलरेएट स्पेशल लिमिटेड एडिसन बेस्टब्रान्ड्स अवार्ड २०२५’ प्राप्त गरेको छ ।

सिंगापुरको साङ्ग्रिला होटेलमा बिहीबार आयोजित समारोहमा नेपाली विज्ञापन संस्था प्रिज्मालाई 'ब्रान्ड इन्फ्लुएन्सर – क्रिएटिभ र ब्रान्डिङ सोलुसन' श्रेणीमा उक्त सम्मान दिइएको हो ।

कार्यक्रममा प्रिज्माका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत(सीईओ) रञ्जित आचार्य र महाप्रबन्धक शरद शाहीले अवार्ड ग्रहण गरेका थिए ।

यो अवार्ड विश्वकै प्रभावशाली ब्रान्डहरूलाई सम्मान गर्दै आएको 'द वर्ल्ड ब्रान्ड फाउन्डेसन'ले प्रदान गर्दै आएको । यस वर्ष २०औँ वार्षिकोत्सवको अवसरमा विश्वभरका सिर्जनात्मक र प्रभावशाली ब्रान्डहरूलाई विशेष संस्करणमा सम्मान गरिएको थियो।

प्रिज्मा एड्भर्टाइजिङ यो सम्मान प्राप्त गर्ने पहिलो नेपाली संस्था बनेको हो । यसअघि कोका-कोला, नेस्ले, युनिलिभर, सामसङ, टोयोटा, आईबीएम, ओगिल्वी, डेन्ट्सु, लियो बर्नेटजस्ता कम्पनी र क्रिस्टियानो रोनाल्डो, नास डेली, नि कोल एन डेविडजस्ता व्यक्तित्व यो सूचीमा परेको प्रिज्माले विज्ञप्तिमा जनाएको छ ।

'नेपाली ब्रान्डहरूलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने हाम्रो प्रयासको मान्यता हो यो अवार्ड,' सीईओ आचार्यले भनेका छन् । यस्तै, महाप्रबन्धक शाहीले ३५ वर्षदेखि आफूहरूले बनाउँदै आएका सशक्त ब्रान्डहरूको यात्राको एउटा ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।

सन् १९९१ मा स्थापना भएको प्रिज्माले कोका-कोला, नेस्ले, बजाज मोटरसाइकल, एनसेल, जोनसन एन्ड जोनसन, वेस्टर्न युनियन, केएल दुगड समूहलगायत संस्थाका ब्रान्ड निर्माण र रिब्रान्डिङमा भूमिका खेलेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार