काठमाडौँ : ११ करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तवमाथि प्रहरीको ठगी मुद्दामा अनुसन्धान सुरु भएको छ।
जिल्ला अदालत काठमाडौँबाट तीन दिनको म्याद लिएर काठमाडौँ प्रहरी परिसरले श्रीवास्तवविरुद्ध अनुसन्धान अगाडि बढाएको हो।
सेयर कारोबारी दीपेन्द्र अग्रवालले आफूलाई बुझाउनुपर्ने ११ करोड ५५ लाख रुपैयाँ नदिएको भन्दै श्रीवास्तवविरुद्ध उजुरी दिएका थिए।
उजुरीका आधारमा अनुसन्धान थालिएको प्रहरी परिसर काठमाडौँका एसपी कुलदीप चन्दले जानकारी दिए। उनका अनुसार श्री वास्तव आफैँ प्रहरीमा हाजिर भएका थिए।
उक्त प्रकरणमा उजुरी दिने अग्रवाल पनि यसअघि सेयर कारोबारसँग सम्बन्धित ठगी मुद्दामा पक्राउ परिसकेका व्यक्ति हुन्।
प्रतिक्रिया