भारत लगेर मिर्गौला बिक्री गरेको आरोपमा एक जना पक्राउ

विहीबार, २२ साउन २०८२

काठमाडौं :  सिन्धुलीको दुधौली नगरपालिका–१ का खिलबहादुर भुजेललाई भारत लगेर मिर्गौला बिक्री गरेको आरोपमा एक जना पक्राउ परेका छन्। 

मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले बुधबार राति काठमाडौंबाट एक जना आरोपितलाई पक्राउ गरेको र उनको परिचय खुल्न बाँकी रहेको ब्युरोका प्रवक्ता नरेन्द्र कुँवरले जानकारी दिए।

अहिले सनाखत भइरहेको दिउँसोसम्ममा उनलाई सार्वजनिक गर्ने प्रवक्ता कुँवरले बताए। पोखरामा मजदुरी गर्ने भुजेलले आफूलाई अपरिचित व्यक्तिले जागिर लगाइदिने भन्दै भारत पुर्‍याएको बताएका छन्। 

त्यहाँ आफूलाई बेहोस बनाएर आफ्नो मिर्गौला झिकिएको उनको भनाइ छ। भुजेलका अनुसार नेपाल आएपछि मात्रै उनले मिर्गौला झिकिएको थाहा पाएका  थिए।  

भुजेल परिवारले गत सोमबार भुजेल परिवारले प्रहरीमा उजुरी दिएका थिए। त्यसपछि प्रहरीले उनलाई भारत पुर्‍याउनेको खोजी शुरू गरेको थियो। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार