नाडा अटो शो २०२५ मा टाटा मोटर्सको स्टल ए४ मा विशेष प्रदर्शनी

विहीबार, २९ साउन २०८२

काठमाडौं : टाटा इभीको नेपालस्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि यसपटक विशेष तयारीसहित सहभागी हुँदैछ ।

स्टल आ४ मा अवस्थित टाटाको डिस्प्लेमा टियागो ईभी, पन्च ईभी, नेक्सन के३ ईभी र कर्भ ईभीजस्ता लोकप्रिय विद्युतीय गाडीहरु प्रदर्शन हुनेछन् । प्रदर्शनी अवधिभर टाटाले एक्सक्लुसिभ अफर, सजिलो फाइनान्स योजना र विशेष उपहारहरु उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

२०२५ टियागो ईभीमा समुच्च सुरक्षाको लागि दुई वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, र हिल होल्ड कन्ट्रोलको व्यवस्था गरिएको पाइन्छ । कूल्ड ग्लोभबक्स, क्रुज कन्ट्रोल, र अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरुले एक विल्कुलै आरामदायी यात्राको अनुभव प्रदान गर्छ ।

यसैगरी, पन्च ईभीमा भ्वाइस एसिस्टेड सनरुफ, ३६० डिग्री क्यामेरा र लेदर रेटेड भेन्टिलेटेड सिटसहितका विशेषताहरु रहेका छन् । साथै, ६ वटा एयरब्याग, वायरलेस चार्जर, र वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले जस्ता उच्च प्रविधि र सुविधा उपलब्ध छन् ।

यो गाडीको ग्राउन्ड क्लियरेन्स १९० मिमि रहेको छ भने यसले (बीएनक्याप)मा ५ स्टार सेफ्टी रेटिङ पाएको बताइएको छ । साथै, टाटा नेक्सन के३ ईभीमा १९० मिमि ग्राउन्ड क्लियरेन्स, ६ एयरब्याग, ३६०–डिग्री क्यामेरा, १२–इन्च टचस्क्रिन जस्ता विशेषताहरू रहेका छन् । यसले नेपाली भौगोलिक अवस्था अनुरूप सहज यात्रा दिने विश्वास गरिएको छ ।

यसैगरी, कर्भ ईभीमा ५५ किलोवाट आवरको ब्याट्री प्याक र ९८ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ । ५०० लिटरको बुटस्पेस र १८६ एमएमको ग्राउन्ड क्लियरेन्स भएकोले नेपाली बाटोमा सजिलै आरामदायी यात्रा गर्न सकिनेछ ।

यसमा एडिएएस लेभल २ को क्षमता रहेको छ, जसमा ६ वटा एयरब्याग, अल–ह्वील डिस्कब्रेक, अटोहोल्ड, हिलस्टार्ट डिसेन्ट असिस्ट, ३६० डिग्री क्यामेरा, आइ–भीबीएससहितको इएसपी रहेको कर्भ ईभीले सुरक्षा र आराम दुवैको स्तरलाई बढाउँछ ।

गाडीमा ३१.२४ सेन्टिमिटरको सिनेमाटिक टच स्क्रिन इन्फोटेन्मेन्ट, २६.०३ सेन्टिमिटरको डिजिटल ककपिट, भ्वाइस–असिस्टेड पानोरामिक सनरूफ, एम्बियन्ट लाइटिङ, भेन्टिलेटेड सिटजस्ता विशेषताहरू छन् ।

अटोप्रेमीहरूलाई प्रदर्शनीमै प्रत्यक्ष अवलोकन गर्ने र तत्काल बुकिङ गर्ने अवसर हुनेछ । नाडा अटो शो २०२५ मा टाटाको स्टल अनुभव गर्ने प्रमुख गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुने यो नाडा अटो शो २०२५ प्रदर्शनीले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एकै छानामुनि ल्याउनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार