भारतका विदेश सचिव विक्रम मिश्री आइतबार नेपाल आउँदै

शनिबार, ३१ साउन २०८२
Photo : RSS

काठमाडौँ  : परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आइतबार नेपाल आइपुग्ने भएका छन् । 

भ्रमणका क्रममा नेपाल–भारत साझेदारीका विभिन्न पक्षहरूबारे सचिवद्वयबीच छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा ‘कनेक्टिभिटी’, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहने बताइएको छ ।

नेपाल भ्रमणका क्रममा भारतका विदेश सचिवले नेपालका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ । उनी सोमबार काठमाडौँबाट प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार