इलाम । इलामको माई नगरपालिकामा करेन्ट लाग्दा भारतको किशनगन्ज जिल्लाका २२ वर्षीय युवकको मृत्यु भएको छ।
लोदिया प्रहरी चौकी दानाबारीका प्रमुख प्रहरी नायब निरीक्षक सूर्य मोक्तानका अनुसार मृतक भारतको करुवामणी पञ्चायत, सुरीभिट्टा गाउँका अफताव अफसर आलम हुन्। माई नगरपालिका–२, माँझबारीस्थित निर्माणाधीन घरमा टायल फिटिङ गर्ने क्रममा आलमलाई करेन्ट लागेको थियो।
गंभीर घाइते भएका उनलाई तत्काल माई अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
घटनापछि हिजो साँझ नै उनको शवलाई पोष्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल, भद्रपुर, झापा पठाइएको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया