विराटनगरमा राधाकृष्ण रथयात्रा (फोटो फिचर)

आइतबार, ०१ भदौ २०८२

विराटनगर : कोशी प्रदेशको राजधानी विराटनगरमा ५८ औं संस्करणको राधाकृष्ण रथयात्रा जारी छ । नेपालकै ठूलो र दक्षिण एसियाकै दोस्रो ठूलो दाबी गरिएको ऐतिहासिक रथयात्रा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीका भोलिपल्ट निकाल्ने गरिन्छ । विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरबाट दिउँसो ४ बजे रथ निकालिएको थियो । रथयात्राले विराटनगर बजारभित्रको ९ किलोमिटर दुरी तय गर्ने छ । 

रथको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका थिए । त्यसअघि उनले पूजापाठसमेत गरेका थिए । रथयात्रामा हजारौं भक्तजनहरू सहभागी छन् ।  रथयात्राको अवलोकन गर्न र रथ तान्न पूर्वी नेपालका विभिन्न स्थानका साथै भारतबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् । 

राधाकृष्ण मन्दिरबाट सुरु भएको रथयात्रा विराटनगर बजार परिक्रमा गर्दै पुनः मन्दिरमा पुगेर सम्पन्न हुनेछ । नगर परिक्रमाका क्रममा रथलाई ४३ स्थानमा विश्राम दिइने छ । विगतको रथलाई केही परिमार्जन गरेर यसपटक फरक शैलीमा निर्माण गरिएको छ । यसपटक सबै जनाले देख्नेगरी रथ बनाइएको छ ।

पेगोडा शैलीको रथको लम्बाइ १९ फिट, चौडाइ १४ र उचाइ १८ फिट छ । रथभन्दा १ किलोमिटरसम्म विभिन्न किसिमका झाँकी, जातजातिका नृत्य, भजन मण्डलीलगायत रहेका छन् । रथयात्रा सुरु हुनसाथ नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो । 

रथयात्रामा अवाञ्छित एवं शंकास्पद गतिविधि गर्ने केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रथयात्रालाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

May be an image of one or more people, crowd and templeMay be an image of one or more people, temple, crowd and textMay be an image of 1 person, crowd and temple

rath yata arath yatra 1rath yatra

ratg

rathh

ratha rrrr321

फोटोहरु : किशोर बुढाथोकी/खेमराज सापकोटा 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार