इलाममा निकालियो रोपाइँजात्रा

सोमबार, २६ साउन २०८२

इलाम : इलाममा आज रोपाइँजात्रा निकालिएको छ । प्रज्ञा सदन स्कुल इलामको आयोजनामा रोपाइँजात्रा निकालिएको हो । इलाम इलाम नगरपालिका ६ मा सञ्चालित सो विद्यालयले गएको वर्षबाट रोपाइँजात्रा निकाल्न सुरु गरेको हो । संस्कृतिको जगेर्ना गर्न विद्यालयले रोपाइँ निकालिएको जनाइएको छ ।

नेपाल भाषा तथा संस्कृति समाजले आउने बिहीबार रोपाइँजात्रा निकाल्ने भएको छ । त्यस्तै  देउमाई नगरपालिकाको मङ्गलबारेमा बुधबार रोपाइँजात्रा निकालिने छ । भानुभक्त माविको आयोजनामा मङ्गलबारेमा रोपाइँजात्रा सञ्चालन हुने गर्दछ । 

त्यस्तै इलाम नगरपालिका पाँच बिब्ल्याँटे, सूर्योदय नगरपालिकाको फिक्कल एवम् माईजोगमाईको शुक्रबारे बजारमा समेत रोपाइँजात्रा निकालिने गरिन्छ ।

इलाममा परापूर्व कालदेखि जात्रा निकालिने गरिन्छ । रोपाइँजात्रा खेतमा रोपाई गरिसकेपछि किसानलाई थकान मेटाउन समेत निकालिने प्रचलन रहँदै आएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार