आफ्नै आमाको हत्या गरेको अभियोगमा कडेल पक्राउ

सोमबार, २० असोज २०८२

धादिङ । आफ्नै आमा ५५ वर्षीया राम माया कडेलको हत्या गरेको अभियोगमा त्रिपुरासुन्दरी गाउँपालिका-५ थापाकटेरी बस्ने ३० वर्षीय यम बहादुर कडेललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

यम बहादुरले धारिलो हतियार खुँडा प्रहार गर्दा राम मायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सल्यानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार