कास्की र कैलालीमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

सोमबार, २० असोज २०८२

कास्की । पोखरा महानगरपालिका-६ लेकसाइडस्थित पोखरा वुटिक होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४६ वर्षीय देव श्रेष्ठ समेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ३९ हजार ७५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका-३ बोराडाँडी एकताटोल बस्ने ४६ वर्षीय भोजराज भट्टको पसलमा जुवातास खेलिरहेको अवस्थामा भोजराज समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार ६ सय ७० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार