अझै सार्वजनिक भएनन् देउवा दम्पत्ति, भाडाको घरमा बस्न थाले

आइतबार, १९ असोज २०८२

काठमाडौँ । पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र पत्नी आरजु राणा देउवा भाडाको घरमा बस्न थालेका छन् । उनीहरुले महाराजगञ्जमा घर भाडामा लिएर बस्न थालेका हुन् ।

तर, काँग्रेसले पार्टी सभापति देउवा र पूर्वपरराष्ट्रमन्त्री समेत रहेका राणा कहाँ बसिरहेका छन् भन्ने जानकारी भने गराएको छैन ।

जेनजी आन्दोलनका क्रममा बुढानिलकण्ठस्थित देउवा निवासमा तोडफोड र आगजनी गरेपछि उनीहरु घरविहीन भएका थिए । सोही क्रममा देउवा दम्पत्तिमाथि पनि कुटपिट भएको थियो । सो पश्चात उनीहरुलाई शिवपुरी ब्यारेकभित्र राखेर उपचार गरिएको थियो ।

उपचारपछि डिस्चार्ज भएका देउवा दम्पत्ति हाल महाराजगञ्जमा घर भाडामा लिएर बस्न थालेका छन् । तर, उनीहरु हालसम्म सार्वजनिक भएका छैनन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार