गुन्डा नाइके राजु गोर्खाली पक्राउ

आइतबार, ०१ भदौ २०८२

काठमाडौं । गुन्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन् ।

उनी आज काठमाडौंबाट पक्राउ परेका हुन् ।

उनलाई बैंकिंग कसुरको आरोपमा पक्राउ परेका बताइएको छ ।

उनी यसअघि पनि विभिन्न आरोपमा पक्राउ परिसकेका व्यक्ति हुन् ।

 उनी पक्राउ पर्नुमा १० करोड रुपैयाँको चेक बाउन्स जोडिएको परिसरका एक अधिकृतले बताए ।

‘अहिलेसम्म उहाँविरुद्ध १० करोड रुपैयाँको चेक बाउन्सको जाहेरी परेको छ । सोही जाहेरीका आधारमा पक्राउ पुर्जी लिएर पक्राउ परेका हौं,’ ती अधिकृतले भने ।

पीडितको नाम भने प्रहरीले खुलाएको छैन । गोर्खालीले के–कुन प्रयोजनाका लागि १० करोड लेनदेन गरे भन्ने विषय पनि अनुसन्धान कै विषय रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार