इटहरी : युवा सशक्तिकरण र समावेशी नेतृत्व विकासलाई लक्षित गर्दै ‘सम्भाव्या’ परियोजना अन्तर्गत आवासीय कार्यशाला इटहरीमा भएको छ ।
कार्यक्रमको उद्घाटन कोशी प्रदेश सभा सदस्य सपना परियारले गरिन् । उद्घाटन मन्तव्यमा उनले युवाले सामाजिक रुपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्ने भएकाले ‘सम्भाव्या’ जस्तो परियोजना दीर्घकालीन प्रभावकारी हुने बताइन् ।
कार्यशालाको अध्यक्षता परियोजना म्यानेजर दीपा राईले गरेकी छिन् । उनले सम्भाव्या परियोजनाले युवा सहभागिता, नेतृत्व क्षमता अभिवृद्धि र यौन तथा प्रजनन स्वास्थ्य अवसरमा बलियो आधार तयार गर्ने विश्वास व्यक्त गरिन् ।
विशेष अतिथि युवा विकास केन्द्रका कार्यकारी निर्देशक निराजन खड्काले संस्थागत दृष्टिकोण प्रस्तुत गर्दै युवालाई आवश्यक ज्ञान, सीप र स्रोतको पहुँच दिलाउन निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए । त्यस्तै, युवा अभियन्ता सुसिल राजभरले आफ्ना अनुभव साझा गर्दै सामाजिक सद्भाव कायम गरी समाज परिवर्तनमा युवाको भूमिकाको महत्वबारे धारणा राखे ।
प्रतिक्रिया