काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो ।
प्रतितोला शुत्रबार १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको सुन आज १ लाख ९५ हजार ५ सय रुपैयाँले कारोबार भैरहेको छ ।
यस्तै चाँदीको मूल्य पनिआज घटेको छ । शुक्रबार २३ सय १५ रुपैयाँमा कारोवार भएको चाँदी आज ५ रुपैयाँले घटेर २३ सय १० रुपैँयामा कारोबार भएको हो ।
प्रतिक्रिया