लायन्स क्लब अफ तरहराले पारित गर्‍यो विस्तृत वार्षिक कार्ययोजना

आइतबार, ०१ भदौ २०८२

इटहरी : लायन्स क्लब अफ तरहरा इटहरीले आर्थिक वर्ष २०८२/८३ (सन् २०२५–२६) को लागि विस्तृत र सामाजिक उत्तरदायित्वपूर्ण वार्षिक कार्ययोजना पारित गरेको छ।

तरहरा स्थित रिजन होटेलमा सम्पन्न पहिलो बोर्ड बैठक तथा अन्तरक्रियात्मक कार्यक्रममा अध्यक्ष पवन अधिकारीको नेतृत्वमा क्लबले आगामी वर्षभित्र सञ्चालन हुने १७ विविध सामाजिक कार्यक्रमहरू अनुमोदन गरेको हो।

मुख्य प्राथमिकताहरूमा विद्यालयका विपन्न र मेधावी विद्यार्थीलाई छात्रवृत्ति वितरण, स्टेशनरी उपलब्ध गराउने, सडकमा सौर्य बत्ती जडान, महिला लक्षित पाठेघर क्यान्सर सचेतना अभियान, किशोर–किशोरी लक्षित साइबर सुरक्षा र ट्राफिक सचेतना कार्यक्रमहरू रहेका छन्।

साथै, लायन्स इन्टरनेशनलले अघि सारेका ग्लोबल causas (Childhood Cancer, Vision, Youth, Environment आदि) अभियानहरूलाई विशेष प्राथमिकताका साथ लिने प्रतिबद्धता पनि जनाइएको छ l

कार्यक्रममा उपस्थित पूर्वअध्यक्षहरू शारदा खड्का, मेनुका गिरी, दुर्गाप्रसाद पौडेल, सन्तोष श्रेष्ठ, शिव राईले सबै सदस्य एकजुट भएर क्लबको प्रभावकारिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए।

बोर्ड बैठकले पहिलो कार्यक्रम अन्तर्गत इटहरी–२स्थित महेन्द्र माध्यमिक विद्यालयमा कक्षा ११ का गरिब र जेहन्दार विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति र स्टेशनरी वितरण गर्ने प्रस्ताव सहित दशै–तिहार अवसरमा फुटसल प्रतियोगिता सञ्चालन गर्ने योजनाहरू पनि पारित गरेको छ। 

Lions Clubs International (LCI) विश्वका २०० भन्दा बढी देशहरूमा करिब ४९,००० क्लब र १४ लाखभन्दा बढी सर्भिस सदस्यहरूद्वारा संचालित एक अग्रणी स्वयंसेवी संस्था हो

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार