सर्पदंशका कारण झापामा १० वर्षीय बालकको मृत्यु

शुक्रबार, ३१ असोज २०८२

झापा : विषालु सर्पको डसाईबाट झापामा आज १० वर्षीय एक बालकको मृत्यु भएको छ।

अर्जुनधारा–११, चाम्लिङ डाँडा निवासी इन्द्रबहादुर राईको १० वर्षीय छोरा अनीश राईलाई गएराति सुतिरहेको अवस्थामा ओछ्यानमा नै विषालु सर्पले डसेको प्रहरीले जनाएको छ।

सर्पको डसाईबाट घाइते बालकलाई राति नै चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पु¥याएपनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।

उनको उपचारका क्रममा गएराति २ बजे मृत्यु भएको र इलाका प्रहरी कार्यालय अनारमणिबाट प्रहरी सहायक निरीक्षक डोमी साहको कमाण्डमा खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको बताइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार