बीमा प्राधिकरण अध्यक्ष शरद ओझा अयोग्य ठहर

आइतबार, ०१ भदौ २०८२

काठमाडौँ : बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा अयोग्य देखिएको प्रतिवेदन सार्वजनिक भएको छ।

उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित न्यायिक समितिले आइतबार सरकारलाई बुझाएको प्रतिवेदनमा ओझाको योग्यता अपर्याप्त रहेको निष्कर्ष निकालिएको हो।

समितिले अध्यक्ष ओझामाथि तीनवटा प्रमुख प्रश्न उठाउँदै उनको योग्यताको कागजातदेखि नियमित कार्यसम्पादनसम्म शङ्का उत्पन्न हुने आधार प्रस्तुत गरेको छ।

सरकारले १२ फागुन, २०८१ मा ओझालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो। तर, योग्यतामाथि विवाद उठेपछि गिरी, कपिलदेव ओली र जीवनप्रकाश सिटौलासहितको तीन सदस्यीय समिति गठन गरिएको थियो।

 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार