इटहरी : किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लि., इटहरी–१६ ले आ.व. २०८१/८२ को वार्षिक समीक्षा गर्दै २०८२/८३ का लागि नयाँ लक्ष्य हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रम इटहरी–५ स्थित लायन्स क्लबको भवनमा सम्पन्न भएको थियो।
सहकारी संस्थाका अध्यक्ष शालिकराम ढकालको सभापतित्वमा आयोजना भएको कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष तेजनारायण चौधरी प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए ।
उक्त अवसरमा संस्थाले विगत वर्षका उपलब्धि, चुनौती र गतिविधिहरूको विस्तृत समीक्षा गर्दै आगामी वर्षका लागि नयाँ योजना र लक्ष्य सार्वजनिक गरेको छ।
यस कार्यक्रमले सहकारीका सदस्यहरूलाई आगामी वर्षका लक्षित परियोजनाहरूमा सक्रिय सहभागी बनाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया