इलाम : गएको वैशाखमा सञ्चालन गरिएको ब्याडमिन्टन प्रतियोगिताबाट आयोजकलाई करिब चार लाख नाफा भएको छ । खर्च कटाएर आयोजकलाई तीन लाख ८७ हजार सात सय ७५ रुपैयाँ नाफा भएको हो । सहयोगबाट १४ लाख ११ हजार सात सय ९२ रुपैयाँ आम्दानी भएको थियो । खर्च तर्फ १० लाख २४ हजार १७ रुपैयाँ खर्च भएको थियो ।
आइतबार जिल्ला ब्याडमिन्टन सङ्घ इलामका कोषाध्यक्ष राजन दाहालले सार्वजनिक गरेको खर्च अनुसार संस्थागत सहयोग तर्फ पाँच लाख ३२ हजार पाँच सय ९३ रुपैयाँ, व्यक्तिगत सहयोग तर्फ ६९ हजार, व्यक्तिगत सहयोग क्युआर मार्फत दुई लाख ३९ हजार छ सय ९९, खेलाडी दर्ता मार्फत एक लाख २१ हजार र अन्य चार लाख ४९ हजार पाँच सय रकम जुटेको थियो ।
त्यस्तै पुरस्कार, यातायात, खाना, खाजा पानी, खेलकुद सामाग्री, निर्णायक पारिश्रमिकमा १० लाख २४ हजार १७ रुपैयाँ खर्च भएको थियो । सहयोग गर्ने सबैलाई आयोजक समितिका अध्यक्ष हुकुम थेबेले धन्यवाद दिएका छन् ।
उनले आयोजक समितिका पदाधिकारी, विभिन्न संघसंस्था तथा व्यक्तिलाई धन्यवाद समेत व्यक्त गरेका छन् । खेल वैशाख चार, पाँच र छ गते सञ्चालन भएको थियो ।
प्रतिक्रिया