नाडा अटो शो : उत्साहजनक उपस्थिति, भाग नलिने कम्पनीहरूले ठूलो अवसर गुमाए

विहीबार, ०५ भदौ २०८२

प्रमिला कार्की

काठमाडौँ : अटोमोबाइल व्यवसायीहरूको छाता सङ्गठन अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा सुरु भएको सवारीसाधन प्रदर्शनी मेला ‘नाडा अटो शो २०२५’ मा अवलोकनकर्ताको उत्साहजनक उपस्थिति रहेको छ ।

नाडा कार्यसमिति सदस्य मेघराज पौडेलले ‘नाडा अटो शो २०२५’ को पहिलो र दोेस्रो दिन नै अवलोकनकर्ताको उत्साहजनक उपस्थिति रहेको जानकारी दिए ।

नेपाल न्यूज बैङ्कसँगको कुराकानीमा उनले प्रदर्शनको पहिलो र दोेस्रो दिन नै अवलोकनकर्ताहरूको ऐतिहासिक उपस्थिति रहेको बताए । उनले भने, ‘पहिलो र दोेस्रो दिन एकदमै ऐतिहासिक सहभागिता पायौँ।

उत्साहजनक सहभागिता छ । व्यापार, व्यवसाय प्रवर्धन राम्रो भएको छ ।

त्यस्तै,उनले गाडीको बुकिङहरू पनि उत्साहजनक रूपमा आएको बताउँदै अवलोकनकर्ताहरूबाट उल्लेखनीय प्रतिक्रिया आएको बताए । शोमा सहभागिता नजनाउने कम्पनीहरूको ठूलो अवसरबाट वञ्चित भएको उनको भनाइ छ  ।

‘पहिलो र दोेस्रो दिन उल्लेखनीय र उत्साहजनक प्रतिक्रिया पायौँ । बुकिङहरू पनि उल्लेखनीय छन् । जो यहाँ सहभागी हुनुभयो उहाँहरूले राम्रो अवसर प्राप्त गर्नुभएको छ । अब कसैले लिनु भएन भने, उहाँले ठूलो अवसर मिस गर्नुभयो ।’

पौडेलका अनुसार शोको मुख्य आकर्षणको रूपमा फ्लाइङ ट्याक्सी, रोबोटिकहरु रहेका छन् । शोमा फ्लाइङ ट्याक्सीजस्ता नवीनतम प्रविधिहरूको प्रदर्शन गर्नु आउने पीढीको लागि मोबिलिटी सस्टेनेबल र सेफर मोबिलिटी हुनुपर्छ भन्ने सन्देश दिनु रहेको पनि उनी बताउँछन् ।

‘हाम्रो फ्लाइङ ट्याक्सी, रोबोटिक जस्ता नयाँ इनोभेसनहरू हामीले सेट गरेको छौँ। प्रेजेन्ट र फ्युचर मोबिलिटीलाई फ्युजन गरेका छौँ । मोबिलिटी र हाम्रो कल्चरलाई पनि फ्युजन गरेका छौँ। जसले आउने पीढीको लागि आउने मोबिलिटी सस्टेनेबल र सेफर मोबिलिटी हुनुपर्छ भनेर नाडा लागिरहेको छ,’उनले भने ।

शोमा इभी गाडीहरूले पनि उत्साहजनक उपस्थिति जनाएका छन्  । जुकी इभी बिवाईडी, डिपल ,अवतार, लगायत गाडिहरूँ प्रदर्शनमा राखिएको उनले जनाए ।

फ्लाइङ ट्याक्सीलाई नेपालमा उडाउने जस्ता विषयहरूमा नीति निर्माताहरूले पर्याप्त अध्ययन नगरेको भन्दै भविष्यमा आउने नवीनतम प्रविधिहरूको लागि पनि नीति निर्माण गर्न आवश्यक रहेको बताए । सुरक्षित यात्राको लागि पनि यसको नीति निर्माण आवश्यक रहेको बताउँदै उनले यसलाई बहसको विषय बनाउनुपर्नेमा जोड दिए ।

उनले भने,‘हामीले कल्पना गरेका थिएनौँ । कि दुई वर्ष अगाडि नेपालमा फ्लाइङ ट्याक्सी आउने नाडा अटो शोमा गर्छौँ भनेर । किनभने यो नीतिगत कुराहरू हुन्छ । नीति निर्माताहरूले पनि यो विषयमा पर्याप्त अध्ययन नगरेको हुनसक्छ ।

भोलि आउला भनेर पोलिसी बन्दैनन् । यहाँ समस्यासहित समाधान निकाल्ने हो। हामीले यो फ्लाइङ ट्याक्सी भोलि नेपालको टे्नअनुसार रेस्क्युको लागि अनि सर्ट डिस्टेन्सको लागि यसलाई सुरक्षित यात्राको लागि प्रयोग गर्न सक्छौँ भने, यसको नीति निर्माणको लागि अब सुरु गर्ने हो। यस विषयमा पनि नीति निर्मातालाई  बहसमा ल्याउनुपर्‍यो, ताकि यसलाई सहज ढङ्गले यसको नीति निर्माण बनाउन सकौँ।’

मुख्य आकर्षकको रूपमा प्रदर्शनमा राखिएको उक्त फ्लाइङ कार चीनबाट धरौटीमा ल्याइएको हो । जुन शो सम्पन्नसँगै सम्बन्धित देशमा फिर्ता पठाइने छ । ‘अहिले हामीले यसलाई धरौटीमा लिएर आएको छौँ। यहाँ सक्केपनि त्यस पछाडि फेरि सम्बन्धित देशमै पठाउँछौँ। यसबाट नयाँ सन्देश दिन चाहन्छौँ ।’

उनका अनुसार अवलोकनको लागि दुई सय रुपैयाँ बराबरको टिकटको व्यवस्था गरिएको छ । यस पटकको शोमा दिपलको उड्ने ट्याक्सी, मानवीकृत रोबोट नै मुख्य आकर्षकको रूपमा राखिएको छ ।

अटो शोमा ३० भन्दा बढी सवारी साधनका ब्रान्ड राखिएका छन् । केही व्यवसायीले ‘नाडा अटो शो’लक्षित गरेर नयाँ गाडी लन्चसमेत गरेका छन् । सवारी साधनसँगै टायर, लुब्रिकेन्ट्स जस्ता सवारी साधनसँग सम्बन्धित अन्य स्टलहरू पनि राखिएका छन् । नाडा अटो शो भदौ ८ गतेसम्म चल्ने छ ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार