काठमाण्डौ : नाडा अटो शो २०२५ ले यसपटक ऐतिहासिक रेकर्ड कायम गरेको छ। शो सुरु भएको तीन दिनमै ७८ हजार ५१३ जना अवलोकनकर्ताले मेलामा सहभागिता जनाइसकेका छन्।
आर्थिक चुनौती र कठिनाइबीच पनि दर्शकको उल्लेख्य उपस्थितिले नेपाली उपभोक्तामाझ अटो शो प्रतिको बढ्दो आकर्षण, विश्वास र समर्थन झल्काएको छ
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्षले यसलाई “अन्त्य नभई नयाँ सुरुवात” भन्दै नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको केन्द्र बनाउन आत्मविश्वास थप मजबुत भएको बताए।
उनले प्रदर्शक, प्रायोजक, सरकारी निकाय, सञ्चारकर्मी र सबै दर्शकप्रति आभार व्यक्त गर्दै नाडा अटो शो अब केवल प्रदर्शनी मात्र नभई नवप्रवर्तन, उद्यमशीलता र भविष्य–तयारीको राष्ट्रिय उत्सव बनेको उल्लेख गरे।
प्रतिक्रिया