मङ्सिर १ देखि २७ गतेसम्म नेपाल प्रिमियर लिग दोस्रो संस्करण

विहीबार, ०५ भदौ २०८२

काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आगामी मङ्सिर १ देखि २७ गतेसम्म हुने घोषणा गरेको छ। क्यानले बिहीबार विज्ञप्ति जारी गर्दै लिगको मिति सार्वजनिक गरेको हो।

लिगमा साविक विजेता जनकपुर बोल्ट्ससहित सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र विराटनगर किंग्स गरी आठ टोलीबीच प्रतिस्पर्धा हुनेछन्।

फ्रेन्चाइज टोलीहरूले रिटेन र मिनी अक्सनमार्फत घरेलु खेलाडी अनुबन्ध गरिसकेका छन्। अब विदेशी कोटा र ट्यालेन्ट हन्टमार्फत नयाँ खेलाडी भित्र्याउने तयारी भइरहेको क्यानले जनाएको छ।

कतिपय टोलीहरूले प्रशिक्षणसहित लिगका लागि तयारी सुरु गरिसकेका छन्। यसपटकका सबै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने र मैदानमा आधुनिक फड–लाइट सुविधा उपलब्ध गराइने पनि क्यानले जानकारी दिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार