रोमाञ्चक खेलमा पाकिस्तान शाहिन्ससँग एक रनले पराजित हुँदै नेपाल 'टप इन्ड टी–२० सिरिज'बाट बाहिरियो

शुक्रबार, ०६ भदौ २०८२
PHOTO : CAN

अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिज अन्तर्गत नेपाल पाकिस्तान शाहिन्ससँग रोमाञ्चक खेलमा एक रनले पराजित भएको छ।

१४५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खेले। त्यस्तै दिपेन्द्र सिंह ऐरी अविजित ४१ रन बनाए भने आसिफ शेखले २७ र लोकेश बमले १० रनको योगदान गरे। पाकिस्तान शाहिन्सका मुहम्मद वासीम जुनियरले २ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ थालेको पाकिस्तान शाहिन्सले २० ओभरमा ९ विकेट गुमाउँदै १४४ रन बनाएको थियो। पाकिस्तानका लागि इरफान खान नियाजले अविजित ४२ रन, अब्दुल सामदले २६, मुहम्मद वासीम जुनियरले २३ र यासिर खानले १८ रन जोडे।

नेपालका बलरमध्ये सोमपाल कामीले ३ विकेट लिए भने नन्दन यादव र दिपेन्द्र सिंह ऐरीले २–२ तथा कुशल भुर्तेलले १ विकेट हात पारे।

यो हारसँगै नेपाल टप इन्ड सिरिजबाट बाहिरिएको छ भने पाकिस्तान शाहिन्स सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार