कास्की : पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष ज्ञानबहादुर बमजनलाई कास्की जिल्ला अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
आइतबार थुनछेक बहसपछि न्यायाधीश सङ्कर कुमार राईको इजलासले धरौटीमा छुटाउने आदेश दिएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालयले पेस गरेको अभियोगपत्रअनुसार बमजनले अध्यक्ष हुँदा १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ अपचलन गरेको र सहकारीबाट अपचलन भएको कुल १ अर्ब ५१ करोड रुपैयाँको संयुक्त अभियोग समेत लागेको छ ।
बमजन ग्यालेक्सी टेलिभिजन सञ्चालक कम्पनी गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राईका जेठान हुन् । उनले नै राईलाई सहकारीमा ल्याई अध्यक्ष बनाएका थिए । बमजनकी पत्नी भगवती बमजन पनि ठगी अभियोगमा फरार छिन् ।
अदालतमा पीडित पक्षका तर्फबाट अधिवक्ता युवराज पराजुली, बिबी विष्ट र दीपक शर्मा पौडेलले बहस गरेका थिए भने बमजनका तर्फबाट द्रोण दाहाल र निर्मलराज पौडेलले बहस गरेका थिए ।
प्रतिक्रिया