एमजी मोटर्सको “पाथ्स अफ स्माइल” पर्व योजना सार्वजनिक, ४ लाखसम्म छुट

आइतबार, ०८ भदौ २०८२

काठमाडौँ : नेपालमा एमजीका अधिकृत वितरक प्यारामाउन्ट मोटर्स प्रालिले दसैँ, तिहार र छठलाई लक्षित गर्दै विशेष पर्व योजना “मोरिस गराजेज पाथ्स अफ स्माइल” सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत एमजी ४ इभी, एमजी कमेट इभी, एमजी जेडएस ईभी, एमजी एसछ इभी, एमजी विन्डसर इभी र एमजी आइएमट इभी खरिद गर्ने ग्राहकले आकर्षक अफर पाउने छन्।

अफरमा रु. ४ लाखसम्म छुट, निःशुल्क कम्प्रिहेन्सिभ अटो प्लस इन्स्योरेन्स तथा निःशुल्क ३ किलोवाट वा ७ किलोवाट चार्जर प्रदान गरिने कम्पनीले जनाएको छ ।

यो अफर २०८२ भदौ ६ गतेदेखि २०८२ कार्तिक १० गतेसम्म लागू हुने र एमजीको नक्साल तथा थापाथलीस्थित शोरूमहरूमा मात्र उपलब्ध हुने जानकारी दिइएको छ।

प्यारामाउन्ट मोटर्स प्रालिका महाप्रबन्धक सुनील बहादुर क्षेत्रीले पर्वहरू खुसी, एकता र उत्सवको प्रतीक भएको भन्दै ‘पाथ्स अफ स्माइल’ योजनाले ग्राहकलाई एमजी गाडी अनुभवलाई अझ विशेष बनाउन मद्दत गर्ने बताए।

उनका अनुसार आकर्षक छुट, निःशुल्क इन्स्योरेन्स र सजिलो चार्जिङ्ग सुविधासहित यो पर्व एमजी घर ल्याउने उत्कृष्ट अवसर बनेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार