नेपाल लोकतान्त्रिक खेलकुद संघ कोशी प्रदेशको अध्यक्षमा श्रेष्ठ

सोमबार, ०९ भदौ २०८२

इटहरी : नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ कोशी प्रदेशको प्रथम अधिवेशन इटहरीमा सम्पन्न भएको छ ।

अधिवेशनबाट अभिषेक श्रेष्ठ सर्वसम्मत अध्यक्षमा चयन भएका छन् ।

त्यसैगरी अनुरोध थापा वरिष्ठ उपाध्यक्ष, ओम प्रकाश मास्ने उपाध्यक्ष, निलिमा थाम्सुहाङ महिला उपाध्यक्षमा चयन भएका छन् ।

यस्तै, सचिवमा सनम राई, विश्वराज राई, जगत कार्की र चन्द्र नाल्बो निर्वाचित भएका छन् भने कोषाध्यक्षमा शिव न्यौपानेले जिम्मेवारी पाएका छन् ।

अधिवेशनले अन्य सदस्यसमेत चयन गरेको छ । नयाँ नेतृत्वले खेलकुदको विकास र संस्थाको सशक्तीकरणका लागि काम गर्ने प्रतिबद्धता जनाएको छ ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार