बुढिगंगा नदीमा बगेर एक जनाको मृत्यु

मंगलबार, १० भदौ २०८२

बाजुरा । बाजुरामा नदीमा बगेर एक जनाएको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बडीमालिका नगरपालिका–२ का अन्दाजी २२ वर्षीय हिमाल महत रहेका छन् ।

माछा मार्न गएका महतको बुढिगंगा नदीमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।माछा मार्न गएका महत बेलुकीसम्म पनि घर नफर्किपछी आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

खबर पश्चात् जिल्ला प्रहरी कार्यालय बाजुराबाट गएको टोलीले खोजी गर्दा उनको शव फेला परेको प्रहरी नायव उपरीक्षक (डिएसपी) ईकवाल हवारीले बताए ।

उनका अनुसार, मृतक महतको शव बगाएको ठाउँबाट करिब ३ किलोमिटर तल बिरेखोला नजिकै फेला परेको बताएका छन्। घटनाबारे थप आवश्यक अनुसन्धान भईरहेको उनले जानकारी दिए ।

 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार