राष्ट्रपति पौडेल सङ्खुवासभामा

विहीबार, १२ भदौ २०८२

खाँदबारी । राष्ट्रपति रामचन्द्र पौडेल मादी माध्यामिक विद्यालयको हीरक महोत्सवका अवसरमा आयोजित विशेष समारोहमा भाग लिन यहाँ आइपुगेका छन् ।  वि.सं २००७ मा स्थापित सो विद्यालयले पूर्वी नेपालको शैक्षिक उन्ननयमा अतुलनीय योगदान पु¥याएको छ । 

राष्ट्रपति  पौडेल यहाँ पुग्दा प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, विद्यालयका प्रधानाध्यापक विश्वनाथ सुवेदी लगायतले स्वागत गरेका थिए ।  

राष्ट्रपति पौडेलले विद्यालय परिसरमा निर्मित ‘हीरक स्तम्भ’ र ‘सरस्वतीको मूर्ति’ अनावरण गर्ने कार्यक्रम छ । विशेष समारोह अहिले पनि यहाँ जारी रहेको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार