भदौ १८ देखि निजी विद्यालय अनिश्चितकालीन बन्दको घोषणा

विहीबार, १२ भदौ २०८२

काठमाडौं - निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै आन्दोलन चर्काउने घोषणा गरेका छन्।

प्याब्सन, एनप्याब्सन, हिसान र अपेनलगायतका निजी विद्यालयका छाता संगठनहरूले माग सम्बोधन नभए १८ भद्रदेखि देशभरका विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन्।

निजी विद्यालय सञ्चालकहरू गैरनाफामूलक र पूर्ण छात्रवृत्ति प्रावधान विधेयकबाट हटाउनुपर्ने माग गर्दै निरन्तर आन्दोलनमा छन्। पहिलो चरणको कार्यक्रम सकिएसँगै दोस्रो चरणका आन्दोलनका तालिका यस प्रकार छन् :

दोस्रो चरणका आन्दोलनका कार्यक्रम

भद्र १२ गते – बिहान ११ बजे सबै जिल्लाका सदरमुकाममा खबरदारी सभा, काठमाण्डु उपत्यकामा माइतीघर मण्डलाबाट र्‍याली र कोणसभा।

भद्र १४–१५ गते – आगामी आन्दोलनका लागि तयारी बैठक।

भद्र १६ गते – देशभरका स्कूल बसहरूमा कालो झण्डा र ब्यानर राखी नगर परिक्रमा। काठमाडौं उपत्यकामा चक्रपथ वरिपरि र्‍याली, अन्य जिल्लामा प्रतिघण्टा २० किमी गतिमा प्रदर्शन।

भद्र १७ गते – समीक्षा तथा तयारी बैठक।

भद्र १८ गते – सबै जिल्लामा पुनः खबरदारी सभा, काठमाडौंमा माइतीघर मण्डलाबाट र्‍याली।

भद्र १८ पछि – माग सम्बोधन नभए विद्यालय अनिश्चितकालीन बन्द।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार