काठमाडौँ : नेपाली बजारमा हट एण्ड स्पाइसि नुडल्स सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाउन सफल करेन्ट नुडल्सको उत्पादक यशोदा फुड्सले आफ्नो लोकप्रिय आउटलेट ‘करेन्ट पोइन्ट’को तेस्रो शाखा काठमाडौँको शंखमूलस्थित बिगमार्ट नजिकै सञ्चालनमा ल्याएको छ ।
बुटवल र काठमाडौँको अनामनगरमा रहेका आउटलेटहरूको सफलता र उपभोक्ताको निरन्तर मागलाई ध्यानमा राख्दै हरितालिका तीजको दर खाने दिनको शुभ अवसर पारी यशोदा फुड्सले यो नयाँ आउटलेट सञ्चालनमा ल्याएको हो ।
करेन्ट पोइन्टको यो नयाँ शाखामा करेन्ट नुडल्सका विभिन्न परिकारहरू उपलब्ध हुनेछन् । विशेषगरी, यहाँ ग्राहकहरूले नूजा, यम्मी स्लर्प, क्रिस्पी रोल्स, र चिज पकेट (जस्ता बिलकुलै नयाँ र आकर्षक परिकारहरूको स्वाद लिन पाउनेछन् ।
साथै, ग्राहकहरूले आफ्नो रुचि अनुसारको मसला र स्वाद पनि रोज्न सक्नेछन् । विशेष गरी युवापुस्तामाझ लोकप्रिय रहेको करेन्ट चाउचाउको यो नयाँ आउटलेले काठमाडौंवासीलाई नौलो र डेलीस्यस स्वादको अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ । करेन्टका पारखीहरूले अब शंखमूलमा रहेको करेन्ट पोइन्टमा गई विभिन्न प्रकारका स्वादिष्ट र चट्पटा नुडल्सको मजा लिन सक्नेछन् ।
यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद पौडेलले बुटवल र अनामनगरमा करेन्ट पोइन्टले पाएको अपार माया र सफलताले आफूहरूलाई काठमाडौँमा थप विस्तारका लागि उत्साहित बनाएको बताए ।
उनले भने, “काठमाडौँका नुडल्स पारखीहरू, विशेषगरी पिरो र चट्पटा स्वाद मन पराउनेहरूका लागि शंखमूललाई पनि एउटा उत्कृष्ट गन्तव्य बनाउने हाम्रो लक्ष्य हो । हामी आशा गर्दछौँ, हाम्रो यो नयाँ यात्राले यहाँका उपभोक्ताहरूको स्वादको चाहनालाई अझ नयाँ उचाइमा पूरा गर्नेछ ।”
उद्घाटन समारोहमा यशोदा फुड्सका ग्लोबल सिइओ जीपी शाहले करेन्ट पोइन्ट र करेन्ट स्न्याक्स तथा नुडल्स रेन्जको बारेमा विस्तृत जानकारी दिएका थिए ।
सन् २०१७ मा स्थापित यशोदा फुड्स प्रालि नेपालको एक अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनी हो । गुणस्तर र नवीनताप्रति प्रतिबद्ध यस कम्पनीले छोटो समयमै नेपाली उपभोक्ताको मन जित्न सफल भएको छ । कम्पनीले ‘करेन्ट’ ब्रान्डअन्तर्गत विभिन्न प्रकारका पिरो तथा स्वादिष्ट चाउचाउहरू उत्पादन गर्दछ, जुन विशेषगरी युवापुस्तामाझ अत्यधिक लोकप्रिय छ ।
‘करेन्ट’ बाहेक कम्पनीले चिज बल्स, स्टिक्स, पोट्याटो क्र्याकर्स, तथा अन्य विभिन्न प्रकारका खाजाहरू (स्न्याक्स) पनि उत्पादन गर्दै आएको छ ।
स्थानीय नेपाली स्वादलाई अन्तर्राष्ट्रियस्तरको गुणस्तरमा प्रस्तुत गर्नु यशोदा फुड्सको मुख्य विशेषता हो । आफ्ना उत्पादनहरू नेपालभरि र विश्वका २२ भन्दा बढी देशहरूमा निर्यात गर्दै कम्पनीले नेपाली उत्पादनलाई विश्वमाझ चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।
प्रतिक्रिया