सुनको मूल्यले फेरी बनायो उच्च रेकर्ड, तोलाको कति ?

विहीबार, १२ भदौ २०८२

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले उच्च रेकर्ड कायम गरेको छ । 


सुनको मूल्य चार सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँकायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । 
गत साउन २३ गते पनि यही मुल्यमा सुनको कारोबार भएको थियो । 


यता चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला दुई हजार तीन सय ५५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला दुई हजार तीन सय ४५ रुपैयाँ कायम थियो । 


 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार