मेयर बालेनको प्रधानमन्त्री ओलीलाई सुझाव– चीनसँग लिपुलेकको कुरा उठाउन नबिर्सनु

शनिबार, १४ भदौ २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले चीन भ्रमणका लागि प्रस्थान गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिपुलेकको कुरा उठाउन सुझाव दिएका छन् ।

प्रधानमन्त्री ओली आज बिहान हिमालय एयरलाइन्समार्फत सांघाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन चीन प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री चीन प्रस्थान गरेको करिब २ घण्टापछि सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै मेयर बालेनले लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन सुझाव दिएका हुन् ।

‘चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यू’, उनले अघि लेखेका छन्, ‘नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला ।’

केही समयअघि नेपाललाई थाहा नदिई भारत र चीनले लिपुलेक त्रिदेशीय नाकाबाट पुनः व्यापार सञ्चालन गर्ने सहमति गरेका थिए । त्यसपछि पुनः लिपुलेकको विषय चर्चामा आएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार