धरानमा बाथरुममा चिप्लिएर लड्दा पुरुषको मृत्यु

शनिबार, १४ भदौ २०८२

इटहरी । सुनसरीको धरान उपमहानगरपालिका–४ खैरेनीटारका ५० वर्षीय नितेश श्रेष्ठको आफ्नै घरको बाथरुममा चिप्लिएर लड्दा मृत्यु भएको छ।

शुक्रबार दिउँसो करिब १२ बजे श्रेष्ठ नुहाउने क्रममा चिप्लिएर लडेपछि गम्भीर घाइते भएका थिए। तत्कालै उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान घोपामा लगिएको थियो। बाहिरी चोटपटक नदेखिए पनि तत्काल बोल्न नसक्ने गम्भीर अवस्थामा रहेका श्रेष्ठको उपचारका क्रममा दिउँसो १ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।  घटनास्थल धरान इलाका प्रहरी कार्यालयबाट करिब ७ किलोमिटर उत्तर–पूर्वतर्फ पर्ने बताइएको छ।

घटनाबारे थप अनुसन्धान र कानूनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी निरीक्षक जीवन कुँवरको कमाण्डमा अपराध स्थल अनुसन्धान टोली खटिएको प्रहरीले जनाएको छ।

श्रेष्ठको शव पोस्टमार्टमका लागि सोही अस्पतालको शवगृहमा राखिएको छ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार