काठमाडौँ : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध दर्ता भएको अदालत अवहेलना मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ ।
अधिवक्ता दीपकराज जोशीले शाहविरुद्ध अदालतको अवहेलनाको आरोपमा कारबाही हुनुपर्ने मागसहित दिएको निवेदनमा सर्वोच्चले आज पेसी तोकेको हो । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको इजलासमा मुद्दाको सुनुवाइ हुने तय भएको छ ।
यो दोस्रोपटक हुन लागेको सुनुवाइ हो । यसअघि पनि मुद्दामा छलफल भइसकेको थियो । आजको सुनुवाइपछि अदालतले अन्तिम फैसला सुनाउने अपेक्षा गरिएको छ ।
सन् २०७९ भदौ १ मा शाहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो । नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्च अदालतले अन्तरकालीन आदेश दिएको अवस्थामा मेयर शाहले ‘अब नक्सा पासको काम पनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भन्ने प्रतिक्रिया दिएका थिए ।
शाहको उक्त अभिव्यक्तिले न्यायालयको आदेशको अवहेलना भएको दाबी गर्दै अधिवक्ता जोशीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।
प्रतिक्रिया