बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु

बुधबार, २६ कार्तिक २०८२

दक्षिणी पेरुको अरेक्विपामा बुधबार भएको बस–ट्रक ठक्करको सडक दुर्घटनामा कम्तीमा ३७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।

स्थानीय अधिकारी र स्वास्थ्य प्रबन्धक वाल्थर ओपोर्टोका अनुसार, दुर्घटना पानामेरिकाना सुर राजमार्गको अरेक्विपा नजिकको भागमा बिहानै भएको थियो।

लामोसस कम्पनीले सञ्चालन गरेको बस कारवेली प्रान्तको चालाबाट अरेक्विपातर्फ जाँदै थियो र बसमा ६० जना यात्रु सवार थिए। दुर्घटनामा बस र ट्रक आपसमा ठक्कर खाएपछि बस करिब २०० मिटर (९६५० फिट) गहिरो खोँचमा खसेको थियो भने ट्रक सडक नजिकै पल्टेको थियो।

स्थानीय मिडियाका अनुसार, अत्यधिक गति, खराब सडक अवस्था, ट्राफिक सङ्केतको अभाव र अधिकारीहरूको कमजोर कार्यान्वयनका कारण पेरुमा सडक दुर्घटनाहरू बारम्बार हुने गरेको छ।

घाइतेलाई नजिकैका अस्पतालमा उपचारको लागि लगिएको छ र उद्धार तथा अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार