गायिका रिया खत्रीको ‘कोशेली’ म्युजिक भिडियो  सार्वजनिक

सोमबार, १६ भदौ २०८२

काठमाडौँ : गायिका तथा मोडल रिया खत्रीको नयाँ एकल म्युजिक भिडियो सार्वजनिक भएको छ । 

आज सार्वजनिक गरिएको ‘कोशेली केरा चाहिन्छ’ नामक गीतमा रिया खत्री र कलाकार विश्वास नेपालको स्वर रहेको छ । गीतमा राजेश नेपाल बबिनको शब्द रहेको छ भने विश्वास नेपालले सङ्गीत दिएका छन् । भिडियोको निर्देशन निर्देशक प्रकाश भट्टले गरेका छन् ।

गीतमा गायिका रिया खत्रीसँगै मोडल लोमस शर्माले अभिनय गरेका छन् । 

गायिका तथा मोडल खत्रीले विगतमा जस्तै आफ्नो कोशेलीलाई दर्शकले मन पराउने विश्वास व्यक्त गरेका छन् ।  उनले हालसम्म एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा स्वर र अभिनय गर्दै नेपाली साङ्गीतिक क्षेत्रमा आफ्नो पहिचान बनाई सकेका छन् । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार