विराटनगर सफाइ अभियान:मेयर कोइराला कै घरमा चल्यो डोजर

बुधबार, २१ मंसिर २०७९
विराटनगर महानगरपालिकाले मेयर नागेश कोइरालाको घरमा डोजर चलाएको छ । महानगर क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाउने अभियान अन्तर्गत मेयर कोइरालाको विराटनगर ९ जलजला रोडस्थित भाडामा लगाएका पसलले बनाएको अबैध संरचना भत्काइएको हो । सञ्चालकले सटर अगाडि आफूखुशी निर्माण गरेका संरचना हटाएर अभियानको सुरु गरिएको महानगरपालिकाले जनाएको छ । नगर प्रहरीका प्रमुख राजन पौडेलको नेतृत्वमा डोजरसहित पुगेको नगर प्रहरीले पसल अगाडि निर्माण गरेको अवैध संरचना हटाएको हो । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने महानगरको अभियानअन्तर्गत बजार क्षेत्रमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको महानगरका मेयर नागेश कोइरालाले बताएका छन् । ३५ दिने सूचना जारी गर्दा पनि व्यापारीहरूले अटेर गरेपछि बल प्रयोग गरेर हटाउनु परेको मेयर कोइरालाले बताएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार