लक्जरी ईभी ब्रान्ड 'दिपल' अब इटहरीमा, नयाँ एस ०५ सहित अत्याधुनिक मोडेल सार्वजनिक

शुक्रबार, २० भदौ २०८२

इटहरी । नेपालकै नं. १ लक्जरी ईभी ब्रान्ड दिपलले कोशी प्रदेशको प्रमुख बजार इटहरीमा अत्याधुनिक स्टेट अफ आर्ट सोरुम उद्घाटन गरेको छ । यसै अवसरमा चार दिनसम्म चल्ने विशेष टेस्ट ड्राइभ तथा एक्सचेन्ज मेला सुरु भएको छ, जसमा दिपलका नवीनतम मोडेलहरु सार्वजनिक प्रदर्शनमा राखिएका छन् ।

सोरुमको उद्घाटन इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जिवन पराजुली, एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, तथा सर्ब मोटर्सका उत्कृष्ट भट्टराई र राधा ढकालले संयुक्त रूपमा गरेका हुन् । उद्घाटनसँगै सुरु भएको टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज कार्यक्रम भदौ २० देखि २३ गतेसम्म चल्नेछ ।

यस अवधिमा दिपलका अत्याधुनिक ईभी लाइनअप—नेपालकै सबैभन्दा आकर्षक कनेक्टिभिटी भएको दिपल एस०७ आईसीए, स्टाइलिस एल०७ सेडान, संसारकै पहिलो ट्रान्सफर्मर एसयूभी ई०७, अल्ट्रा–प्रिमियम लक्जरी एसयूभी अवतार ११, र अटोबजार तताइरहेको नयाँ दिपल एस०५ को पनि टेस्ट ड्राइभ गर्न सकिनेछ ।

हालै सम्पन्न नाडा अटो शोको स्टपरका रूपमा चर्चित दिपल एस०५ लक्जरी, स्टाइल र प्रविधि–मैत्री फिचरका कारण केही सातामै नेपाली अटोबजारमा सफल सावित भएको छ । सो अवसरमा आयोजना भएको एक्सचेन्ज कार्यक्रममा ग्राहकले चारवटा रिकन्डिसन हाउसमार्फत पुरानो गाडीको उत्कृष्ट मूल्यांकन पाउनुका साथै निश्चित मोडेलमा नगद छुट, निःशुल्क रोड ट्याक्स, निःशुल्क इन्स्योरेन्स र निःशुल्क ट्राभल चार्जर समेत प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

यसै क्रममा दिपलले अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट कुकुर समेत प्रदर्शनीमा राखेको छ, जसले कम्पनी चांगानको आर्टिफिसियल इन्टेलिजेन्स र अटोमेसन प्रविधिको प्रत्यक्ष अनुभव गराउनेछ ।

दिपल एस०५ का विशेषता

शुक्रबार इटहरीमा सार्वजनिक गरिएको दिपल एस०५ केही सातामै नेपाली बजारमा चर्चित बन्न सफल लक्जरी ईभी हो । यसमा संसारकै ठूलो ब्याट्री निर्माता सीएटिएलको ‘गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०’ प्रयोग गरिएको छ, जसको चार्जिङ साइकल ५ हजारसम्म (६ लाख किलोमिटर) हुने बताइएको छ ।

३० देखि ८० प्रतिशत चार्ज केवल १५ मिनेटमै हुने यस ब्याट्री सिस्टम माइनस २० डिग्री तापक्रममा समेत १५ प्रतिशतभन्दा कम रेन्ज लस हुने क्षमता राख्छ । साथै, यसमा ६ किलोवाटको ‘भीटुएल’ सुविधा दिइएको छ, जसले बाह्य उपकरणमा ‘पावर सप्लाई’ गर्न सक्छ ।

यस मोडेलमा दुवै फ्रन्ट सिट वेलकमिङ, भेन्टिलेटेड र हिटेड सुविधा भएको छ । साथै, ‘क्विन कोपाइलट सिट’ ले ‘जिरो ग्राभिटी’, ‘लेग सपोर्ट’ र ‘वान टच न्याप मोड’ मार्फत यात्रामा अद्वितीय आराम दिन्छ ।

यसमा ‘सेग्मेन्ट–एक्स्क्लुसिभ’ रिमोट इन एन्ड आउट पार्किङ सुविधा पनि छ, जसले चावीको सहायताले गाडीलाई सहजै अगाडि–पछाडि सार्न सकिन्छ । यो प्रणाली साँघुरो ठाउँमा पार्किङ गर्न अत्यन्त उपयोगी हुने दाबी गरिएको छ ।

सवारीमा ‘अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले’ सुविधा छ, जसले लाइभ नेभिगेसन र आवश्यक ड्राइभिङ जानकारी सीधै विन्डसिल्डमा प्रोजेक्ट गर्छ । १४.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ सहितको यस मोडेलमा इन्टरनेट कनेक्टिभिटी उपलब्ध छ, जसबाट स्पोटिफाइ, युट्युब, एमेजन म्युजिक र लाइभ नेभिगेसन जस्ता एप प्रयोग गर्न सकिन्छ ।

स्मार्टफोनमार्फत प्रयोगकर्ताले टाढैबाट एसी कन्ट्रोल, चार्जिङ सेड्युलिङ र कार लोकेशन ट्र्याकिङ गर्न सक्ने सुविधा पनि पाउनेछन् ।

लक्जरी, स्टाइल र प्रविधिको संगमका रूपमा प्रस्तुत दिपल एस०५ सहितको नयाँ सोरुम उद्घाटनसँगै दिपलले इटहरीलाई लक्जरी ईभी बजारको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार