इटहरी । महोत्तरीको बर्दिवास स्थित सिन्धुली रोडमा डिजिटल पेन्ट्सको स्मार्ट डिलर "निर्माण सप्लायर्स" को औपचारिक शुभारम्भ भएको छ। बिहिबार एक विशेष कार्यक्रमको बीचमा उद्घाटन गरिएको छ ।
निर्माण सप्लायर्सका सञ्चालक अनुसार यो डिलरले बर्दिवास र आसपासका ग्रामीण क्षेत्रहरूलाई समेटेर रङ्ग सम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको डिलरमा करिब ३० लाख रुपैयाँको लगानी गरिएको जनाए।
निर्माण सप्लायर्स बर्दिवास लाई युवा उद्धमीहरु केशव पौडेल र नवराज आचार्यले सन्चालनमा ल्याएका हुन ।
नेपाल गुणस्तर प्रमाणपत्र प्राप्त कम्पनीका उत्पादनहरू जर्मन प्रविधिमा आधारित छन्। कम्पनीले १२ वर्षको परफॉर्मेन्स वारेन्टीसहित "वॉल गार्ड रोयल एक्स्टेरियर इमल्सन", १० बर्षे वारेन्टी, ७ वर्षको वारेन्टीसहित बाहिरी इमल्सन, भित्री र बाहिरी इमल्सनका विभिन्न रेन्जहरू, वाटरप्रूफिङ सोलुसन, इनामेल, वॉल पुट्टी लगायतका उत्पादनहरू रहेका छन् ।
देशलाई रङ्गमा आत्मनिर्भर बनाउने उद्देश्यले स्थापना भएको डिजिटल पेन्ट्सले छोटो समयमा उपभोक्ताबीच लोकप्रियता हासिल गर्न सफल भएको छ।
प्रतिक्रिया