निजामती कर्मचारीहरू देश विकास र समृद्धिको मेरुदण्ड हुन्:  मन्त्री न्यौपाने

आइतबार, २२ भदौ २०८२

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले  निजामती कर्मचारीहरू देश विकास र समृद्धिको मेरुदण्ड भएको बताएकी छन् ।

आइतबार काठमाडौँमा आयोजित निजामती सेवा दिवस २०८२ मूल समारोह कार्यक्रममा बोल्दै उनले राजनीतिक परिवर्तन पश्चात् जति पनि उपलब्धि हासिल भएका छन् त्यो निजामती कर्मचारीहरूको साथबाट मात्र सम्भव भएको धारणा व्यक्त गरिन् ।

उनले भनिन्,‘संसारका विकसित देशहरूको दाँजोमा हाम्रो देशलाई पुर्‍याउन सकिन्छ । आज हामीले राजनीतिक परिवर्तन गरिसकेपछि जति पनि उपलब्धि हासिल गरेका छौँ । निजामती कर्मचारीहरूले साथ नदिएको भए त्यो उपलब्धि पनि हासिल गर्न सक्ने थिएनौँ । त्यसैले अब जति उपलब्धि हासिल गर्नुपर्ने छ ,त्यसमा कर्मचारीहरूको योगदान धेरै आवश्यक छ । कर्मचारीहरू यो देश विकासको र समृद्धिको मेरुदण्ड हुन् ।’

त्यस्तै उनले चक्रीय प्रणालीको आधारमा कर्मचारी सरुवा गर्ने व्यवस्था मिलाउन आवश्यक रहेको बताइन् । निवेदन लेखेर नभई कर्मचारीले अनलाइनबाट आफ्नो सरुवाको माग गर्ने गरी सिस्टम बनाउनुपर्ने पर्नेमा उनले जोड दिइन् ।

उनले भनिन्,‘कर्मचारी सरुवा गरिदिन प¥यो भन्ने, मलाई यहाँबाट त्यहाँ पुर्‍याइदिन प¥यो भन्ने त्यो भीड देखिसकेपछि अब अन्त्य गर्नुपर्छ कि पर्दैन ? भौतिक रूपमा कर्मचारीहरू आफै आएर सरुवा गरिदिन पर्‍यो,मलाई यहाँ जाँदा न्याय हुन्छ भन्ने परिस्थितिको कहिले अन्त्य हुन्छ ?त्यसैले एउटा त्यस्तो सिस्टमको विकास गर्नुपर्छ । चक्रीय प्रणालीको आधारमा कर्मचारी सरुवा गर्नपर्छ । त्यो सिस्टमको विकास गर्नुपर्छ । अब निवेदन लेखेर होइन अनलाइनबाट आफ्नो सरुवाको माग गर्ने गरी सिस्टम बनाउनुपर्छ ।’ मन्त्री न्यौपानेले जनतालाई केन्द्र भारमा राखेर काम गर्न आवश्यक रहेको बताइन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार