सोलुखुम्बुमा लेक लागेर क्यानडाली नागरिकको मृत्यु

आइतबार, २२ भदौ २०८२

विराटनगर । सोलुखुम्बुमा पदयात्रामा रहेका एक क्यानडाली नागरिकको लेक लागेर मृत्यु भएको छ।

जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ मिलुङगास्थित गुडलक होटलमा बास बसेका ६८ वर्षीय क्यानडाली नागरिक रिचर्ड नाइजेल शर्लीलाई शनिबार साँझ अचानक लेक लागेपछि स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। उनी बेसक्याम्प जाने क्रममा हेभेन हिमालयन नामक कम्पनीमार्फत यात्रा गरिरहेका थिए।

घटनाबारे बुधबार बिहान करिब ९:१५ बजे इलाका प्रहरी कार्यालय नाम्चेमा जानकारी आएपछि प्रहरी नायव निरीक्षक पदम बहादुर खड्काको कमाण्डमा चार जनाको प्रहरी टोली उद्धारका लागि खटिएको थियो। तर, नाम्चेबाट करिब १५ किलोमिटर उत्तर पैदल यात्रा गर्नुपर्ने भएकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ।

बुधबार बिहान ११ बजेतिर उपचारका लागि लैजाने क्रममा दिबुचे हेलिप्याडमै उनको मृत्यु भएको बुझिएको छ। चिकित्सकद्वारा औपचारिक घोषणा भने अझै हुन बाँकी छ। मृतकलाई ओम होङ गिल नाम्चे सामुदायिक अस्पतालमा ल्याउने प्रयास भइरहेको र खराब मौसमका कारण नाम्चे पु¥याउन ६/७ घण्टा लाग्ने अनुमान गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको शव आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित दूतावासमार्फत स्वदेश पठाउने तयारी गरिने जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार