काठमाडौँ । आज बस्ने भनिएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । संघीय संसद सचिवालयले सूचना जारी गर्दै आज १:१५ बजे बस्ने तालिका रहेको राष्ट्रिय सभाको बैठक बुधबार अपराहन्न १:१५ बजे बस्ने जानकारी दिएको छ ।
आज बानेश्वर क्षेत्रमा भएको जेनजीको आन्दोलनका कारण संसद भवन क्षेत्र तनावग्रस्त बनेपछि बैठक स्थगित भएको हो । आन्दोलनमा उत्रिएका युवाहरु संसद भवन भित्र पसेका थिए भने प्रहरीले उनीहरुलाई
रोक्न पानीको पोहोरा, अश्रुग्यास, रबरको गोली र हवाई फायर समेत गरेको थियो ।
प्रतिक्रिया