विराटनगर : जेनजी पुस्ताले विराटनगरमा बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । अहिले विराटनगरस्थित कोशी प्रदेशसभा सचिवालय अगाडि प्रदर्शन जारी छ ।
प्रदेशसभा सचिवालय परिसर निषेधित क्षेत्र हो । प्रहरीले प्रदेशसभाको प्रवेशद्धार भन्दा केही पर ब्यारिगेट लगाएको थियो । तर, ब्यारिगेट तोडेर प्रदर्शनकारी प्रदेशसभा सचिवालय अगाडि पुगेर प्रदर्शन गरेका हुन् ।
प्रदर्शन शान्तिपूर्ण छ । प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन नगर्न भनेर सम्झाइबुझाइ गरिरहेको छ । तर, जेनजीले सचिवालयको गेटअगाडि प्रदर्शन गरिरहेका छन् । प्रदेशसभाको सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
विराटनगरको सन्सारी माईस्थानबाट जेनजीले प्रदर्शन सुरु गरेका थिए । त्यहाँबाट ट्राफिक चोक, महेन्द्र चोक, रोडशेष चोक, मेन रोड, डाँफे चोकलगायतका स्थानमा प्रदर्शन गरिएको थियो ।
प्रतिक्रिया