अनेरास्ववियु अध्यक्ष सुजन कडरियाको राजीनामा घोषणा

मंगलबार, २४ भदौ २०८२

काठमाडौँ : नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) का अध्यक्ष सुजन कडरियाले पदबाट राजीनामा दिएका छन् । उनले मङ्गलवार सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गरेका हुन् ।

कडरियाले लेखेका छन्, “हिजो विद्यार्थी राजनीतिको शिर ढलेको दिन ! विद्यार्थीहरूको हक, अधिकार र भविष्यको संरक्षक, पथप्रदर्शक विद्यार्थी सङ्गठनहरूले आज स्कुले पोसाकमा रहेका विद्यार्थीको प्राण रक्षा समेत गर्न सकेनन् । तसर्थ, समग्र हाम्रो पुस्ताले गरेको विद्यार्थी राजनीति असफल रहेको महसुस गर्दै अखिल केन्द्रीय समितिको अध्यक्षबाट राजीनामा दिएको छु ।”

राजीनामासँगै उनले अब पनि जनताको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता जनाएका छन् । साथै, अहिले सरकारले जनताको भावना विपरीत आन्दोलनलाई दमन गर्न खोजेको स्पष्ट देखिएको र यसको नतिजा भयावह हुने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार