झापा । झापाको बुद्धशान्ति गाउँपालिका–७ सुनमाईस्थित मेची राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको ज्यान गएको छ ।
हिजो (बुधबार) साँझ करिब ६ बजे इलामबाट चारआलितर्फ आउँदै गरेको प्रदेश ३–०२–००७ प ६०९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा चालक गम्भीर घाइते भएका थिए । दुर्घटनामा परेका मोटरसाइकल चालक झापा भद्रपुर नगरपालिका–६ भानुचोक बस्ने ५९ वर्षीय राम श्रेष्ठ रहेका छन् ।
दुर्घटनापछि घाइते श्रेष्ठलाई स्थानीयको सहयोगमा तत्कालै प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । तर उपचारकै क्रममा साँझ ७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । श्रेष्ठको शव सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया